पाठशाला न्यूज
 २०८० आश्विन ११, बिहीबार    

भारतको नयाँ दिल्लीमा आज देखि जी-२० सम्मेलन सुरु भएको छ

२०८० भाद्र २३, शनिबार १३:३६ बजे

काठमाडौं–भारतको दिल्लीमा आजदेखि जी–२० सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक सहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । शनिवार सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । जी–२० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् ।
कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् । जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्धर हेका छन् ।