पाठशाला न्यूज
 २०८१ माघ १२, शनिवार    

वीरगंजमा छठको रौनक (फोटो फिचरमा)

२०८१ कार्तिक २१, बुधवार १६:१४ बजे

जलेश्वर सर्राफ 

वीरगंज- सूर्यको उपासनासँगै मिथिलाअञ्चल लगायत तराईका विभिन्न क्षेत्रहरुमा मनाईने छठपर्वलाई शुद्धता र परिवारको सुख-समृद्धिको कामनासहित मनाइने चार दिवसीय छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भने वीरगन्जका विभिन्न छठघाटहरु घडिअर्वा पोखरी, रानीघाट, नगवा, छपकैया, रामगढवा लगायतका घाटहरु सजाएर झिलिमिली बत्ति लगाई उज्यालो पारिएको छ।

यो पर्वलाई विशेषगरी सूर्य र प्रकृतिप्रति समर्पित धार्मिक अनुष्ठानका रूपमा हरेक वर्षको दुईपटक अर्थात चैत्र र कात्तिक महिनामा छठ व्रतालुहरुले मनाउने गरेका छन्।

स्नातन धर्ममा सूर्यलाई ऊर्जाको श्रोतको रूपमा मानिने भएकाले छठ पुजामा उहाँको उपासना गरिन्छ। त्यसैगरी सूर्य उपासनाले स्वास्थ्य, मानसिक शान्ति, तथा रोगमुक्त जीवन पाउने विश्वास रहेको छ। 

सूर्यबाट प्राप्त हुने ऊर्जाले हरेक जिवजन्तु लगायत मानव जीवनमा समेत वृद्धि हुने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने मान्यता रहेको छ। सूर्यको पूजा गरी मनाईने छठ पर्वलाई सन्तानको दीर्घायु, परिवारको समृद्धि, र सुखका लागि अति महत्त्वपूर्ण धार्मिक मान्यता रहेकोले यस छठपर्वलाई महापर्वको रूपमा समेत मनाउने गरिन्छ।

वीरगंजमा छठको रौनक (फोटो फिचरमा)