पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

दिनेश काफ्लेको नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक

२०८० मंसिर १७, आइतवार १२:१० बजे

काठमाडौँ : हाँस्यकलाकार एवं मोडल दिनेश काफ्लेको नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक भएको छ ।
सुरज श्रेष्ठको आवाजमा रहेको सो गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ । गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भाव उतारिएको छ ।
कुमार केसीको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेको अभिनय छ । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले भिडियोमा छ ।
वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६ औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । श्रेष्ठका ‘जिस्कन्छे मुईयाले’, ‘मुद्दा हाल्दिनु’, ‘पहिलो माया’, ‘भुल्यौ की’, ‘लाग्दैन निद्रा’ लगायतका गीतहरू चर्चित छन् ।