पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

चन्द्रपुरको जनज्योती बहुमुखी क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न

२०८० चैत्र ९, शुक्रबार १२:१० बजे

चन्द्रनिगाहपुर : रौतहटको चन्द्रपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसमा होलि मिलन कार्यक्रम गरिएको छ ।
नेपाल बिधार्थी संघ जनज्योती बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा होली मिलन तथा शुभकामना आदान प्रदान गरिएका हो । प्रमुख अतिथी रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले शिक्षा क्षेत्रमा पछि परेको रौतहटमा जनज्योती क्याम्पसले यसक्षेत्रको अग्रणी शैक्षिक क्षेत्र बनेको बताए ।
उनले क्याम्पसको पुर्बाधार र शैक्षिक क्रियाकलापको लागि आफुले सक्दो सहयोग गर्ने बताए । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफलेले क्याम्पसको हित र बिद्यार्थीहरुको भबिष्य निर्माण हुने सबालमा क्याम्पसलाई नगरपालिकाले सदैब सहयोग गर्ने बताए ।
शुभकामना आदान प्रदान कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष सञ्जय कार्की, कोषाध्यक्ष चिरन्जिबी गौतम, सदस्य तारा सापकोटा, क्याम्पस प्रमुख राजन श्रेष्ठ, अधिकार लामिछाने , श्यामहरि चौलागाईं ,स्वबियु सभापति संगम श्रेष्ठ लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । समितिका सभापति शुसिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रम पुर्व स्ववियु उपाध्यक्ष गोपाल हुमागाईले संचालन गरेका थिए ।