पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

मिस वर्ल्ड २०२४ को ताज चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभालाई

२०८० फाल्गुन २७, आईतबार १८:३५ बजे

काठमाडौं- चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले शनिबार भारतको मुम्बईमा मिस वर्ल्ड २०२४ को ताज जितेकी छन् ।

भारतको मुम्बइमा गएराति सम्पन्न प्रतियोगितामा विभिन्न १११ देशका प्रतियोगीलाई पछि पार्दै पिज्कोभा ७१ औं मिस वर्ल्डको ताज जितेकी हुन्।

प्रतियोगिताको प्रारम्भिक चरणमा फिटनेश, सौन्दर्य, प्रतिभा र पब्लिक स्पिकिङ लगायतका विधाबाट ४० जना छानिएका थिए।

त्यसपछि विभिन्न चरणबाट शीर्ष १२ हुँदै शीर्ष ८ प्रतियोगी छानिएका थिए।

शीर्ष आठमा भारतमा भर्खरै सम्पन्न जी-२० शिखर सम्मेलनबारे छलफल गरिएका विषयहरूलाई प्रतियोगीहरूसँग प्रश्नोत्तर भएको थियो।

त्यसपछि प्रतियोगीहरूलाई महिला स्वास्थ्यबारे प्रकाश पार्न लगाइएको थियो। त्यसमा पिज्कोभाले महिनावारी र समाजबारे प्रकाश पारेकी थिइन्। महिनावारीको विषयलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनले बताएकी थिइन्। २३ वर्षीय कानुनका विधार्थी र मोडेल पिज्कोभाले महिनावारीको वरिपरिको कलंक र लाज हटाउने बारेमा कुरा गरिन्, "महिनावारी हुनु भनेको उपहार हो" र त्यो महिनावारी हुनुपर्दछ। वर्जित विषय होइन, भनेकी थिईन।

त्यसबाट शीर्ष चारमा छानिएकी पिज्कोभाले लेबनानकी यस्मिन जेटौन, ट्रिनिडाड एन्ड टोबागोका अचे अब्राहम र बोत्सवानाकी लेसेगो चेम्बोलाई पछि पार्दै ताज जितेकी हुन्। 

लेबनानकी यस्मिन जेटौन उपविजेता चुनिइन्। 

यसअघि पोल्याण्डकी करोलिना बिलावस्का मिस वर्ल्ड थिइन्। उनी २०२२ मा मिस वर्ल्ड चुनिएकी थिइन्। २०२३ मा प्रतियोगिता हुन सकेन। 

मिस वर्ल्डलाई सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको रूपमा हेरिन्छ। पहिलो पटक सन् १९५१ मा युनाइटेड किंगडममा "बिकिनी प्रतियोगिता" को रूपमा शुरु गरिएको थियो।