पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

इरानल- इजरायल तनाव : आक्रमणपछि तेलको मूल्य घट्यो

२०८१ वैशाख ३, सोमवार १०:२२ बजे

एजेन्सी- इरानले इजरायलमाथि गरेको प्रतिशोधको आक्रमणपछि प्रारम्भिक एसियाली व्यापारमा तेलको मूल्य घटेको छ।

अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यको प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुड कम थियो तर पनि सोमबार बिहान प्रति ब्यारेल ९० डलरको नजिक व्यापार भएको थियो।

इरानले कारबाही गर्ने अपेक्षामा मूल्य पहिले नै बढेको थियो। गत हप्ता ब्रेन्ट कच्चा तेल छ महिनाकै सबैभन्दा उच्चस्थानमा पुगेको थियो।

ब्रेन्ट कच्चा तेल नब्बे डलरको अंक भन्दा तल जान सक्छ ।

विश्लेषकहरूले आक्रमणप्रति इरान बिरुद्ध इजरायलको प्रतिक्रिया आगामी दिन र हप्ताहरूमा विश्वव्यापी बजारका लागि महत्वपूर्ण हुने बताएका छन्।

ट्रेडिंग प्लेटफर्म XM.com का पिटर म्याकगुइरेले बीबीसीको एक रिपोर्टमा गरेको उल्लेख अनुसार इजरायलले कुनै प्रकारको काउन्टर चाल गर्ने हो भने रकेट ऊर्जा बजार धेरै उल्टो हुनेछ भनेका छन्। 

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक हो भने ओपेक तेल उत्पादकहरूको कार्टेलको तेस्रो ठूलो सदस्य हो।

विश्लेषकहरूका अनुसार होर्मुज स्ट्रेटबाट ढुवानी प्रभावित हुनेछ कि छैन भन्ने मुख्य मुद्दाले तेलको मूल्य घटबढमा प्रभाव पार्ने बताएका छन्। 

ओमान र इरानको बीचमा रहेको स्ट्रेट - एक महत्त्वपूर्ण ढुवानी मार्ग हो । विश्वको कुल तेल आपूर्तिको २०% यसै मार्ग हुँदै गुज्रन्छ।

ओपेक सदस्यहरु साउदी अरेबिया, इरान, युएई, कुवेत र इराकले अधिकांश तेल स्ट्रेटबाट पठाउँछन्।

शनिबार, इरानले स्ट्रेट अफ हर्मुज हुँदै इजरायलसँग लिंक भएको एक व्यावसायिक जहाज कब्जा गरेको थियो।