पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपाली चेली मेनुकाले जितिन् इन्डियन आइडल १४ मा गोल्डेन माइक (भिडियो सहित)

२०८० आश्विन २१, आइतवार १६:४८ बजे

काठमाडौं- नेपाली चेली मेनुका पौडेलले चर्चित सिंगिङ रियालिटी शो "इन्डियन आइडल १४" को अडिसनमा आफनो अदभुत प्रस्तुती दिँदै गोल्डेन माइक जितेर टप १५ मा आफनो स्थान सुरक्षित गरेकीछिन् । 

शोमा उनको प्रस्तुतीले जजद्वय श्रेया घोषाल र बिशाल धदलानी निकै रोएका थिए । मेनुकाले यसअघि पनि नेपाल लगायत भारतकै अन्य चर्चित सिंगिङ रियालिटी शोको अनुभव बटुलिसकेकीछिन् ।

अडिसनमा दिएको प्रस्तुति (भिडियो स्रोत: सोनि टिभि)