पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्रीपछिको वरियतामा महासेठ

२०८० फाल्गुण २३, बुधवार १८:२३ बजे

काठमाडौं : नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् । तेस्रो वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा अघि रहने छन् ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहने छन् ।
नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्ने छन् ।