पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनलमा चन्द्रपुर ५ र चन्द्रपुर ३ बिच प्रतिष्पर्धा हुने

२०८० फाल्गुन २७, आईतबार २०:३१ बजे

रौतहट- वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उपाधिको लागि फाईनल प्रतिस्पर्धा २८ गते सोमबार हुने भएको छ। 

चन्द्रपुर नगरपालिका वडा नम्वर ४ रौतहटले आयोजना गरेको उक्त फुटबल प्रतियोगिता २८ गते सोमबार दिउँसो २ बजे देखि हुने भएको हो। 

चन्द्रपुर ४ जंगलटोल स्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा प्रतिस्पर्धा हुने फाईनल खेलमा उपाधिको लागि चन्द्रपुर ५ र चन्द्रपुर ३ रौतहटको टिम बिच आपसी प्रतिस्पर्धामा भिड्दैछन्।