पाठशाला न्यूज
 २०८१ आश्विन २०, आइतवार    

श्रीलंकालाई पराजित गर्दै भारतले जित्यो एसिया कपको उपाधि

२०८० भाद्र ३१, आइतवार २१:२४ बजे

श्रीलंका–श्रीलंकाको कोलम्बो स्थित प्रेमदासा स्टेडियममा भएको खेलमा मोहम्मद सिराजले एक ओभरमा चार विकेटसहित करियरको उत्कृष्ट ६–२१ रन बनाएपछि भारतले डिफेन्डिङ च्याम्पियन श्रीलंकालाई १० विकेटले हराएर कीर्तिमानी आठौं पटक एसिया कपको उपाधि जितेको छ ।

आईतबार घरेलु मैदानमा ३५,००० फ्यानहरूको अगाडि ब्याटिङ रोजेको श्रीलंका १५।२ ओभरमा मात्रै ५० रनमा अलआउट भएपछि भारत एसिया कप बिजेता भएको छ ।