पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

निरुता सिंह र सञ्जीभ गुलाटी वैवाहिक बन्धनमा

२०८० भाद्र १७, आइतवार ११:०७ बजे

काठमाडौँ–कलाकार निरुता सिंहले लगनगाँठो कसेकी छिन् । आफू वैवाहिक बन्धनमा बाँधिएको अभिनेत्री सिंहले आफ्नै फेसबुक मार्फत जानकारी गराएकी हुन् । उनले २ दिन अगाडि मुम्बईमा बिहे गरेकी हुन् । मुम्बई निवासी सञ्जीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको पनि जानकारी गराएकी छिन् ।
सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ दिएको पनि उल्लेख गरेकी छिन् । निरुताले सामाजिक सञ्जालमा लेखेकी छिन्,
‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो, निरुताजी बिहे कहिले गर्ने ? आज त्यसै प्रश्नको जवाफ दिन गइरहकी छु । तपाईंहरुको निरुता सिंहले अगष्ट ३१ तारिखको दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गर्दछु ।’ निरुताले आफूले चाडै नै नेपालमा आशीर्वाद लिन आउने पनि उल्लेख गरेकी छिन् ।