पाठशाला न्यूज
 २०८१ आषाढ १६, आइतवार    

टी–२० सिरिज : बंगलादेशविरुद्ध अमेरिकाको लगातार दोस्रो जित

२०८१ जेष्ठ ११, शुक्रवार ०७:३२ बजे

काठमाडौँ : अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।
यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी–२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २–० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।