पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

भारी मतान्तरणले तिमिल्सिना र भट्टराई बिजयी

२०७९ मंसिर ८, बिहीबार १७:३३ बजे

दिपु मिश्र
रौतहट–रौतहट जिल्ला क्षेत्र नम्बर ४ बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधि सभाका उम्मेद्वार देव प्रसाद तिमिल्सिना भारी मतान्तरणले दोस्रो पटक बिजयी भएका छन् ।
बिहीबार आएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत प्राप्तगरी उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार उद्धव प्रसाद रेग्मीलाई ७ हजार ६ सय २ मतले पराजित गरेका हुन् । रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा २०४८ साल यताको निर्वाचनमा एकपटक जितेपछि कुनै पनि पार्टीका उम्मेद्वार दोहोरिएका थिएनन् । तर, तिमल्सिना लगातार दोस्रो पटक निर्वाचित भएर यस क्षेत्रमा इतिहास रच्न सफल भएका पहिलो व्यत्ति हुन् ।

तिमल्सिनाले २०७४ मा एमालेका डा. बन्शिधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले पराजित गराई बिजय भएका थिए ।
त्यस्तै रौतहट जिल्ला क्षेत्र नम्बर ४ (क) बाम लोकतान्त्रिक गठबन्धनका साझा प्रदेश सभाका उम्मेद्वार युवराज भट्टराई (समिर) भारी मतान्त्ररणले बिजयी भएका छन् ।
निर्वाचनको मतगणना अनुसार उनले १५ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अखिलेश्वर चौधरीलाई ५ हजार ८७ मतान्तरले उछिन्दै विजय भएका हुन् । एमालेका उम्मेद्वार चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । भट्टराई २०५० साल देखि राजनितिमा भिज्दै आएका हुन् । उहा नेकपा माओबादी केन्द्र रौतहट जिल्ला पोलिट्ब्युरो सदस्य तथा इन्चार्ज समेत रहेका छन् ।