पाठशाला न्यूज
 २०८२ आषाढ ३१, मङ्गलवार    

म्यानचेस्टर सिटीद्वारा फुलह्याम ३-२ले पराजित

२०८१ आश्विन २०, आइतवार ०८:०२ बजे

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शनिबार सम्पन्न खेलमा फुलह्यामलाई ३-२ले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिकले २ गोल गरेका थिए भने जेरेमी डोकुले एक गोल गरेका थिए । त्यसैगरी फुलह्यामका लागि आन्द्रेज पेरेइरा र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी ७ खेलमा १७ अङ्क सहित लिगको दोस्रो स्थानमा रहेको छ ।