पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

एमाले अध्यक्ष ओली र महानायक राजेश हमालबीच सिनेमा संबाद हुदै

२०८० चैत्र २, शुक्रवार ०९:०३ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुदैँछ ।
नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् ।
सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएका छन् ।
नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो ।