पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

गृहमन्त्रीले आफुलाई चोखो ठान्छन् भने पछि हट्नुपर्छ- राजेन्द्र पाण्डे

२०८० चैत्र २७, मंगलबार १८:२२ बजे

काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै पाण्डेले आरोप लागेको मन्त्रीले आफु बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ति गर्नुमा केहि बदमासी छ भनेर शंका गर्ने ठाउ रहेको बताए । उनले गृहमन्त्रीले आफुलाई चोखो ठान्छन भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद चलन नदिने अडान राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।