पाठशाला न्यूज
 २०८१ बैशाख १२, बुधबार    

कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ–नगर प्रमुख कुर्मी

२०७९ फाल्गुन ११, बिहीबार १६:१९ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले निवर्तमान नगर प्रमुखले पाच वर्षमा गर्न नसकेका बिकास दश महिनामै गरेर देखाएका छन् ।
नगर प्रमुख कुर्मी जनताप्रति निकै उत्तरदायी भएर विपक्षीको विभिन्न अवरोधलाई सामना गर्दैं छोटो समयमै विभिन्न जनमुखी विकासमा कामहरु गरेका हुन् ।
पूर्व नगर प्रमुख रामस्नेही यादवले आफ्ना पाच बर्षै कार्यकालमा गाविस भवनमै नगरपालिका कार्यालय सञ्चालन गर्दै बिताए तर नगर प्रमुख कुर्मी निर्वाचित भएपछि नगरपालिका कार्यालयलाई विस्तार गर्दै दुई वटा थप प्रशासनीक भवन निर्माण गरका छन् ।
भवनको अभावमा कर्मचारीहरुलाई कामकाज गर्न कठिनाई हुदै आएको थियो ,नगरपालिका कार्यालय विस्तार भएपछि कर्मचारीहरुलाई कामकाज गर्न निकै सहज भएको कार्यलयका जिन्सी शाखा प्रमुख रास नारायण पटेलले जानकारी दिएका छन् ।
नगरपालिका कार्यालयको पा“च वर्षदेखी बा“की रहेको बिजुलीको लाखौं रकम भुक्तानी गर्दै नगर प्रमुख कुर्मीले आम नागरिकको कामकाजलँई छिटोछरिता बनाउन नगरका सम्पूर्ण वडा कार्यालयहरुमा अनलाईन सेवा सुचारु गर्नुका साथै अव्यवस्थित रुपमा सञ्चालन हुदै आएको कार्यालयहरुलाई व्यवस्थित गरेका छन् ।
कक्षा संचालन गर्नको लागि कोठाको अभावमा विद्यार्थीहरुको पठन–पाठनमा आएको समस्याहरुलाई मध्यनजर गर्दै विभिन्न विद्यालयको नया भवन निर्माण गरिनुका साथै भ्रष्टाचार गर्ने नियतले अपचलन गरिएको करिव ७ करोड रुपैया कोष तथा लेखा नियन्त्रण कार्यालय गौरमा फिर्ता गराएको नगर प्रमुख कुर्मीले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
विभिन्न स्वास्थ्य चौकीहरुमा थप भवन निर्माण गर्दै प्रसुती गृहको सेवा उपलब्ध समेत गराइएको बताउदै उनले केही वडाका कच्ची सडकलाई ढलान गरी पक्की बनाइएको बताए । मेयर कुर्मीले यसरी आम जनतालाई प्रत्यक्ष फाइदा हुने एकपछि अर्को कयौं जनमुखी कार्यहरु गरेका हुन् ।
जनताको काममा ढिला सुस्ती नगर्न कर्मचारीहरुलाई आफुले दिएको निर्देशन अनुसार नै उनिहरु काम गरिरहेको बताउदै उनले भने, मेरो लागि सुशासन पहिलो प्राथमिकता हो, कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ ।
वृन्दावनका नगरप्रमुख कुर्मीले आम नागरिक लाभान्वित हुने कामहरुलाई द्रुत गतिमा अगाढि बढाइरहेको देख्दा नगरवासी निकै उत्साहित भएका छन् ।