पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

२०८० माघ १९, शुक्रबार २०:५१ बजे

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्। 

काउन्सिलका निमित्त रजिष्ट्रार डा विश्व दवाडीका अनुसार एमबीबीएस तर्फ ५५ दशमलव ९६ र बीडीएस तर्फ ६१ दशमलव शून्य पाँच प्रतिशत उत्तीर्ण भएका हुन्। परीक्षामा एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए। 

आवेदन दिएका मध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका हुन्। एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन्।

यसैगरी, बीडीएस तर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जना पास भएका छन्। बीडीएस तर्फ १११ जना भने फेल भएका छन्।