पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

विराजको फिल्म ’१२ गाउँ’मा कनिज कोइरालाई अनुबन्धित

२०८० फाल्गुण २०, आइतवार ०९:५० बजे

काठमाडौँ : एक्सन सुपरस्टार विराज भट्टले बनाउ लागेको फिल्म ’१२ गाउँ’को खलनायकमा कनिज कोइरालाई अनुबन्धित भएका छ । कनिज ’इन्टरनेश्नल म्यानहन्ट नेपाल–२००९’ सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत हुन् । कनिजले प्रभासको ’साहो’का अलवा केही फिल्ममा काम गरेका छन् । यसको अलवा उनले अभिनेता विराजसँग भोजपुरी फिल्म ’वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन् ।
यसैसाता फिल्को नायिकामा मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्कालाई अनुबन्धित भएकी थिइन् । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा विराज भट्टले मुख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन् ।
भोजपुरी फिल्ममा बेग्लै स्थान बनाइसकेका विराजले यही फिल्ममा र छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन् । केही समय अगाडि विराजले छोराको तस्बिर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई फिल्म खेलाउन लालायित भएको बताइन्छ ।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । फिल्म विराज आफैँले निर्देशन गर्नेछन् । सन् २०२४ मा रिलिज हुने बताएको फिल्म विराजको होमप्रोडक्सन विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।