पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

एमालेका नेता राजु धामी सहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

२०८० भाद्र २४, आइतवार २०:५२ बजे

रौतहट– नेकपा एमालेका मधेश प्रदेश सदस्य राजु धामी सहित सयौं नेता विभिन्न पार्टि परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आईतवार नेकपा माओबादी केन्द्रका सचिव एंव मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलको हातबाट टिका र खादा लगाएर लामो समय देखि विभिन्न पार्टीमा रहेका सयौं नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य सरस्वती खुलाल, नगरकमिटि सदस्य भुवनेश्वर गुरो, पार्वती कार्की,चन्द्रपुर नगरपालिका वडा नम्बर ३ अध्यक्षका प्रत्याशी एवं नेपाली काग्रेसका सन्त बहादुर पाख्रिन लगायत १ सय २० जना नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको नेता राजु धामीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुर्व जिल्ला अध्यक्ष देवेन्द्र पटेल,केन्द्रिय लेखा आयोग सदस्य एकराज थापा,केन्द्रिय सदस्य मनिष माझी,रौतहट जिल्ला इन्चार्ज अनिल श्रेष्ठ,नेकपा माओवादी केन्द्रको तिने महिने अभियान रौतहटका संयोजक क्षेत्र वहादुर श्रेष्ठ, पार्टीका नेता देवकी नेपाल,धिरज पटेल,विन्देश्वर यादव, टिका आचार्य, चेत प्रसाद बोलखे,गणेश राउत,गौतम खड्का, वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध), वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि), वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी लगायतको सहभागिता रहेको थियो ।