पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

आईसीसी टि-२० विश्वकप क्रिकेट छनोट खेलमा सिंगापुर बिरुद्ध नेपाल ८ विकेटले विजयी

२०८० कार्तिक १३, सोमवार १३:४० बजे

काठमाण्डौं- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा लक्ष्य पुरा गरि आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ। 

नेपालको जितमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रनको योगदान दिए। उनले ४८ बलको सामना गर्दै ७४ रन बनाएका हुन्। यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए भने आसिफ शेखले २७ रनको योगदान दिए।

टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै आर्यवीर चौधरीले ३७ र मनप्रित सिंहले २४ रनको योगदान गरेका थिए।

बलिङतर्फ नेपालका अविनाश बोहोराले ३, करण केसी, सन्दीप लामिछाने र गुलशन झाले २/२ विकेट लिएर जित हासिलको लागि योगदान दिए ।