पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

२०८१ आषाढ १०, सोमवार ०७:३८ बजे

काठमाडौं- अमेरिकाले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ ।

समुह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग सोहि दिन खेल्ने छ ।