काठमाडौं- सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा पोखरामा भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको रास्वपाको आरोप छ । लामिछाने पक्राउको विरोधमा एकबद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।