पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

संक्रमणकालिन न्याय सबन्धि बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित

२०८० फाल्गुण २१, सोमवार १०:०६ बजे

काठमाडौं- संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।

राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भए पछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ः ४५ बजे समितिको बैठक बोलाइएको थियो । 

बैठकमा सहभागी हुनका लागि कांग्रेसका सांसदहरू सिंहदरबार पुगे पनि अन्य दलका सांसदहरू नपुगे पछि बैठक बस्दै नबसी स्थगित भएकाे कांग्रेसका सांसद सुनिल शर्माले बताए ।