पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

रजश्वलाको रगत बेचेर मनग्गे कमाउने युवतीको योजना

२०८० चैत्र २२, बिहीबार १२:५२ बजे

एजेन्सी : उनी पेशाले एक मोडेल हुन् । आफ्नो अनुहारलाई सुन्दर बनाउन तथा चम्काउनका लागि आफ्नै रजश्वलाको रगतलाई फेस मास्कको रुपमा अनुहारमा दल्ने गरेको अनौठो खुलासा २२ वर्षकी ती युवतीको छ ।
टिकटकमा Xehli G नामको अकाउन्टमा उनले आफ्नो त्यो अनौठो कामका बारेमा खुलासा गरेकी छिन् । ती युवतीका अनुसार उनले यस्ता हरेक काम गर्छिन् जसले उनको छालालाई राम्रो बनाओस् ।
उनी भन्छिन् सधैं सुन्दर तथा स्वस्थ देखिन को चाहँदैन ? म यस्तै छु र मलाई लाग्छ कि धेरैजसो मानिसहरु म जस्तै छन् । फरक के छ भने राम्रो देखिनका लागि मैले अरुले भन्दा केही फरक तरिकाको प्रयोग गर्दछु ।
डेलीस्टारमा छापिएको समाचार अनुसार ती युवतीले आफ्नो रजश्वलाका बेला भएको रक्तश्रावलाई फेस मास्कका रुपमा प्रयोग गर्दछिन् । यसरी अनुहारको सुन्दरताका लागि प्रयोग गरिने फेस मास्कमा आफ्नै रगत प्रयोग गर्दा त्यसले पर्यावरण संरक्षणमा योगदान पुग्ने दाबी उनको छ ।

आफूलाई प्लास्टिकको प्रयोग गर्न कुनै आवश्यक नरहेको भन्दै उनले आफूले कुनै पनि चिज खेर जान नदिने र आफ्नै शरीरबाट प्राप्त हुने चिजहरुबाट आफ्नो हेरचाह गर्ने गरेको बताएकी छिन् ।
आफूले आफ्नो महिनावारीको रगत संकलन गरिरहेको र त्यसलाई बिक्री गर्ने योजना बनाइरहेको उनको भनाइ छ ।
यस्तो काम गरिरहेकी ती युवती टिकटकमा निकै चर्चित छन् र उनका फलोअर्स ५ लाखभन्दा धेरै पुगिसकेका छन् ।
आफ्नो टिकटक पोस्टमा उनले लेखेकी छिन् मानिसहरुले आफूलाई जे सबैभन्दा राम्रो लाग्छ त्यही काम गर्नुपर्छ । मैले आफ्नो अनुहारमा आएको परिवर्तन देखेकी छु र मलाई यसको परिणाम मन परेको छ । मैले धेरै सन्देशहरु पढेकी छु, जसमा मानिसरुले भन्ने गरेका छन् कि मेरो रजश्वलाले नै उनीहरुको समस्याको समाधान गर्न सक्दछ । यस्तो होइन कि केवल मलाई मात्रै समाधान प्राप्त भएको छ । अब जो कोहीले पनि यो खरिद गर्नेछन् उनीहरुको छाला पनि मेरो जस्तै सुन्दर तथा स्वस्थ बन्दछ ।
तर उनको यस्तो दाबीसँग स्वास्थ्य विज्ञहरु भने सहमत छैनन् । अनुहारको छाला चम्किलो र सुन्दर बनाउनका लागि रजश्वलाको रगत दल्ने उनको कामलाई विज्ञहरुले गलत भनेका छन् ।