पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

चन्द्रपुरमा लामखुट्टे मार्ने थर्मल स्प्रे छर्कने कार्य सुरु

२०८० भाद्र २४, आइतवार १९:१३ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि ल्याएको कीटनाशक औषधि (थर्मल स्प्रे) छर्कने कार्य सुरु गरेको छ ।
आइतबार चन्द्रपुर नगरपालिका वाड नं. ६ को मोथियाही गाँउबाट औषधी छर्कने कार्य नगर प्रमुख संजय काफ्लेले शुरु गर्नुभएको हो । गर्मी बढेसँगै केही दिन लगातार वर्षा भएपछि बढ्दो लामखुट्टे र डेंगु नियन्त्रणका लागी औषधी छर्कने कार्य शुरु गरेको नगर प्रमुख काफलेले बताउनुभएको छ । उहाँले नगरको १० वटै वडामा लामखुट्टे मार्नको लागी औषधी छर्कने पाठशाला न्युजलाई जानकारी दिनुभएको छ ।


औषधी एक महिना अगाडी आएपनि वर्षा तथा बिभिन्न प्राविधिक कारणले औषधी छर्कने कार्यलाई रोकिएको थियो । अब निरन्तर रुपमा सम्पुर्ण वडाहरुमा औषधी छर्कने कार्य तिब्र गतिमा हुने उहाँले प्रतिक्रिया दिनुभएको छ ।
पछिल्लो समय रौतहटमा डेंगुका बिरामी बढन थालेका छन ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक हप्तामा १२ जना डेगुका बिमारी फेला परेको डाक्टर अभिनन्दन श्रीवास्तवले बताउनुभएको छ । त्यसै चन्द्रपुर हस्पिटल प्रा.ली,सिम्स अस्पताल र सिभिल हस्पिटलमा समेत दर्जनौं डेंगुका विरामीहरु उपचाररत रहेको हस्पिटल संचालकहरुले बताउनुहुन्छ ।