पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

कविता- आभार

२०८० चैत्र १७, शनिबार ११:१९ बजे

कविता 

आभार 

         - प्रसन्न घिमिरे 

जब तिमीसँग भेट भयो 

मलाई एकदम सामान्य कुराहरु मन परेर आयो 

 

कतै केही काम नआउने

जस्तो कि पानीमा खसेको जून  

जस्तो कि आफ्नै अनुहारको पहिचानमा बन्दीभइ अनुहार हेरिरहेको नार्सिस फूल  

जस्तो कि ब्याडमा आएर बिउका दाना चोरी गर्ने चराहरु

जस्तो कि पहाडको उचाइमा कुनै पर्व पर्खेर एक्लै घुमघुमति बसेको मन्दिर

जस्तो कि नदीले छाडेर गएका बगरका ढुङ्गाहरु

 

जब तिमीसँग भेट भयो मलाई एकदम सामान्य कुराहरु मन परेर आयो

जस्तो कि केही काम धाम नगरी हल्लि हिँडेको 

म आफै पनि!

यसरी कामै नलाग्ने चिजहरुलाई मुल्यवान बनाईदिने तिमीसँगको भेटलाई हृदय देखिको आभार