पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

गहवामाईको निशान सहितको प्रथम डोलि यात्रा बैशाख ४ गते हुने

२०८० चैत्र २०, मंगलबार ०७:५७ बजे

जलेश्वर सर्राफ 

वीरगंज- गहवामाईको निशान सहितको प्रथम डोलि यात्रा बैशाख ४ गते हुने भएकाे छ । 

माईस्थान सञ्चालक समितिका अनुसार देश विदेशमा सु-प्रसिद्ध एतिहासिक श्री गहवा माईको निशान सहितको प्रथम डोलि यात्रा यहि बैशाख ४ गते मंगलबार दिनको ४ बजे प्रारम्भ गरिने भएकाे हाे ।

माइस्थान सञ्चालक समितीका अध्यक्ष नरेन्द्रकुमार शाहको अध्यक्षतामा भएको सो सम्मेलनमा डोलि यात्रा मन्दिरबाट सुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर , अलखिया मठ, महाबिर मन्दिर, घन्टाघर हुँदै श्रीगहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने महासचिव बिजय कुमार उपाध्यायले जानकारी दिए ।

सो डोलि यात्रा सुरु हुनु अघि दिनको २ बजेदेखी २ घन्टा डोलाको पुजाआजा गरि ४ बजे देखि यात्रा सुरु गरी ६ बजेभित्र मन्दिर पुगि समापन गर्ने कार्यक्रम रहेकोेले सम्पूर्ण भक्तजनलाई सो दिन बढी भन्दा बढी मात्रामा सहभागी भएर यात्रा सफल गरिदिन आग्रह गरेका थिए । सो डोलि यात्रामा डोलि निर्माणको खर्च समितिका सह कोषाध्यक्ष डा. सराफले स्विकार्नु भएको एवं सो यात्रा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

त्यसको लागि चन्दा नठाउने र ईच्छुक दाता वा भक्तजनले सहयोग गर्न चाहे माईस्थान सञ्चालक समितिको कार्यालयमा आई सहयोग गरे स्विकार्ने पनि बताए । त्यसैगरि सो दिन गहवा माईको निशान लिने व्यक्तिले  ५०५ शुल्क तिरेर लिन सक्ने र त्यसमा झन्डा , लगाउने पट्टा र प्रसाद रहेको सो पत्रकार सम्मेलनमा अध्यक्ष नरेन्द्र कुमार शाहले जानकारी दिए।