पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस

२०८१ जेष्ठ ३, बिहीवार ०७:०५ बजे

काठमाडौं- आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

उक्त दुर्घटनामा चालक अमर लामा बाँच्न सफल भएका थिए। चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।

रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ।

पटक पटक सरकारमा सहभागी एमालेले यसअघि सत्तामा रहदा घटनाको अनुसन्धान तथा छानविन सम्बन्धमा आजसम्म कुनैपनि चासो व्यक्त गरेको छैन। 

यद्यपि हरेक वर्ष झै आज पनि एमालेले बल्खुमा मदन-आश्रितको सम्झनामा बिभिन्न कार्यक्रम गरी मनाउँदै छ ।