पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

काठमाडौं आउँदै बलिउड गायक आतिफ असलम

२०८० माघ २४, बुधवार ०९:१६ बजे

काठमाडौं : सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन् ।
आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका हुन् । ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेका हुन् । कम्पनीका सीईओ जितबहादुर लामाले अर्का एक चर्चित भारतीय कलाकार पनि नेपाल आउन लागेको बताए । यो घोषणा केही दिनमा गरिने जनाइएको छ ।
चैत २९ गते नेपाल आइपुग्ने गायक असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम छ । ‘कन्सर्टका लागि अत्याधुनिक ध्वनि उपकरण पनि विदेशबाट आउनेछ । व्यवस्थित ढंगले कन्सर्ट हुनेछ,’ लामाले भने, ‘अर्का एक इण्डियन आर्टिस्ट पनि आउनुहुनेछ ।’

यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ । यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।
चैत ३० र वैशाख १ गते हुने कार्यक्रममा नेपाली कलाकारले पनि कन्सर्ट प्रस्तुत गर्ने भएका छन् ।