पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य वर्षाको सम्भावना

२०८० फाल्गुन २९, मंगलबार ०८:५४ बजे

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।
मंगलबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा सामान्य वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना विभागले जनाएको छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।