पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का बर्षा तथा हिमपातको सम्भावना

२०८० फाल्गुन २०, आईतबार ०८:३० बजे

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि र पर्सी पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ । उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना कायमै छ ।