पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

नारायणगढ–मुग्लिन सडकमा पहिरो, डोजर चालकको मृत्यु

२०८१ जेष्ठ १३, आइतवार ११:४९ बजे

मुग्लिन- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ ।