माली- मालीमा अल–कायदासँग सम्बन्धित समूहले गरेको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
प्रहरी प्रशिक्षण एकेडेमी र नजिकैको विमानस्थलमा भएको यो आक्रमण एक दशकभन्दा अघिदेखि सुरु भएको हिंसाको सबैभन्दा खराब अवस्था हो ।
कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार यस हप्ताको सुरुमा मालीको राजधानी बामाकोमा अल-कायदा सम्बन्धित समूहले गरेको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ।
जमात नुसरत अल-इस्लाम वा अल-मुस्लिमीन (जेएनआईएम) का कट्टर लडाकुहरूले मंगलवार एक प्रहरी प्रशिक्षण एकेडेमी र नजिकैको बिमानस्थलमा आक्रमण गरे, जसले पश्चिम अफ्रिकी देशमा शोक र आक्रोशको स्थिती सिर्जना गरेको छ ।
एक सुरक्षा स्रोतले नाम नछाप्ने शर्तमा एएफपी समाचार एजेन्सीलाई भने अनुसार आक्रमणमा ७७ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन्।
यसैसन्दर्भमा एक गोप्य आधिकारिक कागजातले ८१ पीडितको पहिचान गरी करिब १०० जनाको मृत्यु भएको एएफपीले जनाएको छ।
बामाकोमा आधारित एक सहित यस क्षेत्रमा सेवा गरिरहेका दुई कूटनीतिज्ञहरूले रोयटर्स समाचार एजेन्सीलाई भने अनुसार मृत्यु हुनेहरूको सङ्ख्या ७० को हाराहारीमा रहेको विश्वास गरिएको थियो।
यस क्षेत्रमा आधारित तेस्रो कूटनीतिज्ञले सयौं मृत र घाइते भएको विश्वास गरेका छन् र पीडितहरूको उपचार गर्न अस्पतालहरूमा बेड खाली नरहेको बताएका छन्।