पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट जनवरीदेखि हाल सम्म मृत्यु हुनेको सङ्ख्या २१० पुग्यो

२०८१ आश्विन २७, आइतवार १२:५९ बजे

ढाका- बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट जनवरीदेखि हाल सम्म मृत्यु हुनेको सङ्ख्या २१० पुगेको जनाइएको छ ।

डेङ्गु सङ्क्रमणबाट शनिवार थप नौ जनाको मृत्यु हुँदा यस बर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर रिपोर्ट गरिएको छ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले जनाएको छ ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् । 

बङ्लादेशमा सन् २०२३ मा डेङ्गु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।