पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

त्रिशुलीमा बस खस्दा ६ जनाको मृत्यु,३७ जनाको जीवित उद्धार

२०८० फाल्गुण २३, बुधवार ०९:०० बजे

काठमाडौं : त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा १ जना महिला र पाँच जना पुरुष छन् ।
दुर्घटनामा परेका ३७ जना यात्रुको जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार कार्य जारी राखेको छ ।कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु२ख २१२१ बस नम्बरको बस त्रिशुलीमा खसेको थियो ।
बेश आदमघाटबाट डीएसपीको कमाण्डमा खटिएको १८ जनाको टोलीले उर्घटनामा परेकाहरुको जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।