पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

भारतले चन्द्रमामा पठाएको चन्द्रयान कहाँ, कस्तो अवस्थामा छ ?

२०८० श्रावण २०, शनिवार १०:५७ बजे

एजेन्सी–आज ५ अगस्ट भारतले चन्द्रमामा पठाएको चन्द्रयान ३ का लागि परीक्षाको घडी हो । भारतीय अन्तरीक्ष संगठन (इसरो)का अनुसार, चन्द्रयान ३ ले चन्द्रमातर्फ दुई तिहाइ यात्रा पूरा गरेको छ । यो चन्द्रमाको नजिकै पुगेको छ । करिब ४० हजार किलोमिटरको दूरीमा चन्द्रमाको गुरुत्वाकर्षणले त्यसलाई आफूतर्फ तान्ने छ । चन्द्रयान ३ ले पनि चन्द्रमाको कक्षलाई पकड्ने प्रयास गर्ने छ ।
चन्द्रयान–३ का लागि आजको दिन निकै महत्त्वपूर्ण छ । इसरो वैज्ञानिकले चन्द्रयान ३ लाई चन्द्रमाको कक्षमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । आज साँझ करिब ७ बजेतिर चन्द्रयान ३ लाई लुनर अर्बिट इन्जेक्सन गराइने छ । अर्थात चन्द्रमाको पहिलो ओर्बिटमा छिराइने छ ।
६ अगस्ट राति ११ बजेतिर चन्द्रयानलाई चन्द्रमाको अर्को ओर्बिटमा पुर्याउने छ । ९ अगस्ट दिउँसो पौने २ बजेतिर तेस्रो ओर्बिटमा लगिने छ । १४ अगस्ट दिउँसो १२ बजे चौथो र १६ अगस्ट बिहान साढे ८ बजेतिर पाँचौँ लुनर ओर्बिटमा इन्जेक्सन हुने छ । १७ अगस्टमा प्रोपल्सन मोड्युल र ल्याण्डर मोड्युल अलग हुने छन् ।
५ पछि १७ तारिख हुने छ खास
१७ अगस्टमै चन्द्रयानलाई चन्द्रमाको १०० किलोमिटर उचाइको गोलाकार कक्षमा पु¥याइने छ । १८ र २० अगस्टमा डीओर्बिटिङ हुने छ । अर्थात चन्द्रमाको ओर्बिटको दूरीलाई कम गरिने छ । ल्याण्डर मोड्युल १०० ३० किलोमिटरको ओर्बिटमा जाने छ । यसपछि २३ तारिख साँझ ५ बजेर ४७ मिनेमा चन्द्रयानलाई चन्द्रमामा अवतरण गराइने छ । तर अझै १९ दिनको यात्रा बाँकी छ ।