पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

अस्ट्रेलियामाथि जिम्बाव्वेको ऐतिहासिक जीत

२०७९ भाद्र १८, शनिबार १५:४९ बजे

एजेन्सी–जिम्बाव्वेले अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा ऐतिहासिक जीत हासिल गरेको छ । तेस्रो एकदिवसीय खेलमा जिम्बाव्वे ३ विकेटले विजयी भएको हो । अस्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य जिम्बाव्वेले ७ विकेटको क्षतिमा ३९ औं ओभरमा पछ्यायो । कप्तान रेजिस चाकाब्वाले नटआउट ३७ रन बनाउदै टोलीलाई जीतसम्म डो¥याए । उनलाई टाडिवानासे मरुमानीले ३५ रन बनाउदै राम्रो साथ दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिए ।
यसअघि, रायन बुर्लले ३ ओभरमा १० विकेट खर्चँदै ५ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ सस्तोमा समेटिएको थियो । डेभिड वार्नरले सर्वाधिक ९४ रन बनाए भने ग्लेन म्याक्सवेलले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि एकदिवसीय शृख्लामा भएका दुवै खेल अस्ट्रेलियाले जितेको थियो ।