पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

पुर्व प्रधानमन्त्री देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

२०८१ आषाढ १५, शनिवार २०:३३ बजे

फाईल तस्बीर 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।
उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।