पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

शान्तिवादी नीतिबाट पछि हट्दै जापानले अब लडाकु बिमान निर्यात गर्ने

२०८० चैत्र १३, मंगलबार १५:५७ बजे

टोकियो- जापानले शान्तिवादी नीतिबाट पछि हट्दै लडाकु जेट बिमानहरू निर्यात गर्ने भएको छ । 

हालै बसेको जापनको मन्त्रिपरिषद्ले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै बेलायत र इटालीसँग विकास गरिरहेको नयाँ लडाकु विमान निर्यात गर्ने निर्णय गरेको हो । 

जुन निर्णय पछि जापनलाइ हतियार निर्यात नियमलाई सहज बनाउने काम गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन । जुन निर्णय पछि जापानसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेका देशहरूलाई जेट खरिद गर्न सक्ने छन् तर सर्त यो छ कि त्यो देशमा द्वन्द्व चलिरहेको भने हुनुहुँदैन ।

जापानले चीन र उत्तर कोरियाबाट उत्पन्न खतरालाई उद्धृत गर्दै सन् २०२७ सम्ममा सैन्य खर्च दोब्बर बनाउने वाचा गरेको केही समय पछि लडाकु बिमान निर्यात गर्ने निर्णय लिएको हो।

‘तर, प्रत्येक लडाकु जेट बिक्रीको लागि क्याबिनेट अनुमोदन आवश्यक हुनेछ,’ जापानका एक रक्षा अधिकारीहरूले भने।

डिसेम्बर २०२२ मा जापानले नयाँ लडाकु जेटको विकास गर्नका लागि वेलायत र इटालीसँग सहकार्यमा गरेको थियो, जुन परियोजनालाई ‘टेम्पेस्ट’ भनिन्छ । जुन विकसित प्रवृधी अनुसार लडाकु बिमानका पाइलटलाई सहयोग गर्न कृत्रिम बुद्धिमत्ता र उन्नत सेन्सरहरू प्रयोग गरिएको छ ।

जेट विमानहरू २०२७ सम्म तैनाथ हुने अपेक्षा गरिएको छ, जुन टोकियोको पहिलो रक्षा उपकरण विकास साझेदारी हो, जुन अमेरिकाबाहेक अरू कुनै देशसँग त्यस्तो साझेदारी अहिलेसम्म रहेको छैन ।

प्रधानमन्त्री फुमियो किशिदाको अप्रिलमा अमेरिकाको आधिकारिक भ्रमण अघि यो निर्णय गरिएको हो, जहाँ उनले वाशिंगटनसँग टोकियोको गठबन्धन र रक्षा साझेदारीमा थप संलग्न हुन आफ्नो देशको तयारीमा जोड दिने अपेक्षा गरिएको छ।