पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

चन्द्रपुरमा ईकाई सभापतिको नेतृत्वमा संगठन दर्ता

२०७९ फाल्गुन १९, शुक्रबार ०९:४१ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा स्ववियु चुनाव प्रयोजनार्थ नेपाल विद्यार्थी संघले संगठन दर्ता गरेको छ ।
शुक्रबार ईकाई सभापति भिमराज अधिकारी (सुशिल)को नेतृत्वमा २०७९ को प्रयोजनार्थ संगठन दर्ता आव्हान भएको हुदा जनज्योति बहुमुखी क्याम्पसमा स्ववियु चुनाव प्रयोजनार्थ नेपाल विद्यार्थी संघले संगठन दर्ता गरेको हो । क्याम्पसमा आम बिद्यार्थीहरुको पक्षमा अहोरात्र त्रियाशिल संगठन नेपाल बिद्यार्थी संघ भएको हुदा आसन्न स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन २०७९ को प्रत्यक्ष र समानुपातिक दुबै तर्फको निर्वाचनमा सहभागि हुन् निर्वाचन समितिको कार्यलयमा नेपाल बिद्यार्थी संघ दर्ता गरिएको क्याम्पसका ईकाई सभापति अधिकारीले जानकारी दिएका छन् ।
संगठन दर्ता कार्यक्रममा नेपाली काग्रेंस मधेस प्रदेश सदस्य सुर्य बहादुर थापा,नेपाल बिद्यार्थी संघ रौतहटका पुर्व सभापति श्यामहरी चौलागाई,नेपाल बिद्यार्थी संघ रौतहटका जिल्ला सभापति अधिकार लामिछाने,जन ज्योति क्याम्पस (२०७३) का सभापति संगम श्रेष्ठ,उपसभापति गोपाल हुमागाई,बिद्यार्थीनेताहरु प्रलाद मैनाली, अस्विन उपाध्याय,संदिप मैनाली,नौसाद आलम,आकाश खरेल,बिकल कार्की लगायत अन्य क्याम्पसका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।