पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

हमासको अप्रत्यासित आक्रमणको प्रतिकारमा इजरायलले गर्यो हमला

२०८० आश्विन २०, शनिवार २३:५६ बजे

काठमाडौं- शनिबार प्यालेस्टिनी समूह हमासले इजरायल भित्र अपरेशन अल-अक्सा फ्लडको नाममा एक डरलाग्दो आक्रमण सुरु गरि दर्जनौं इजरायली नागरिकहरूको हत्या गर्यो भने उत्तिकैलाई बन्धक बनाए।

यद्यपि इजरायलले हमास आतंकवादीहरूसँग बदला लिने वाचा गरे पछि इजरायलमा हमास सेनाले गरेको घातक आक्रमणको प्रतिकारको क्रममा इजरायलले गाजाको प्यालेस्टिनी एन्क्लेभमा हमला गर्दा कम्तिमा १९८ व्यक्तिको मृत्यु भएको छ भने १,६१० घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हमासले शनिबार बिहानै जमिन, हावाई र समुद्रबाट डरलाग्दो आक्रमण सुरु गर्‍यो । आक्रमणमा हमासले इजरायलका नागरिकहरू माथि ५ हजार भन्दा बढी रकेटहरू प्रहार गरेको थियो। उक्त आक्रमणमा इजरायली हताहतको संख्या २६० पुगेको छ भने झण्डै २५०० जना घाइते भएका छन् । ति मध्ये सयौंको सङ्ख्यामा अस्पतालमा उपचारार्थ छन् र दर्जनौंको अवस्था गम्भीर छ।

इस्लामवादी समूह हमासका बन्दुकधारीहरूले शनिबार बिहान देशको दक्षिणी भागमा रहेको गाजा पट्टीमा घुसपैठ गरेका थिए र यसअघिका रकेट हमलाहरूको ब्यारेजपछि तीव्र लडाइँ सुरु भएको थियो।

हमासका लडाकुहरूले बार भत्काएर सीमा नाघेपछि सयौं इजरायलीको मृत्यु भएको हो भने हजारभन्दा बढी घाइते भएका हुन् ।

यसैबीच, दर्जनौं इजरायली नागरिक र सैनिक हमासले बन्धक बनाएका छन्, जसले बदलामा जेलबाट सबै प्यालेस्टिनीहरूलाई रिहा गर्न माग गर्ने सम्भावना रहेको छ । 

इजिप्ट र सिरियाली सेनाहरूले योम किप्पुरको यहूदी छुट्टीको समयमा सन् १९६७ मा छोटो द्वन्द्वको क्रममा इजरायलले कब्जा गरेको क्षेत्र फिर्ता लिने प्रयासमा आक्रमण सुरु गरेको ५० वर्ष र एक दिन पछि शनिबारको दिन हमासले भिषण आक्रमण गर्यो । आक्रमण पश्चात इजरायलका सडकहरुमा मानौ कि रगतको खोला बगिरहेको जस्तो भान हुन्थ्यो ।