सुलीकोट- गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–१४ का २७ वर्षीय सुनिल परियार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुबेदीका अनुसार गत महिनाको असोज २७ गते दिउँसो १२ बजेको समयमा शारीरिक र मानिसिक रूपमा अपाङ्गता भएकी महिलालाई ललाई फकाई नजिकैको जङ्गलमा लागि बलात्कार गरेको आरोपमा परियारलाई पक्राउ गरिएको बताए ।
घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएलगत्तै आरोपित परियारलाई कात्तिक १२ गते सोमबार पक्राउ गरी बुधबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरीएको सुवेदीले बताएकाछन्।
उनलाई जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थपी गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।