पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

डलरको मूल्य हालसम्मकै उच्च

२०८० आश्विन २, मङ्गलवार १२:३१ बजे

काठमाडौं–नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २४ गते अमेरिकन एक डलरको मूल्य १३३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
त्यसयता घटेको डलरको मूल्य मंगलबारभने बढेको छ । अमेरिकन एक डलरको खरिद मूल्य १३२ रुपैयाँ ९४ पैसा रहेको छ । सोमबार भने एक डलरको खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा थियो । त्यसदिन एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा थियो ।