पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

वीरगंज मितेरी पुल नजिकै एक पुरुषको शव फेला, शरिरमा निलडाम र चोटपटक लागेको अवस्था

२०८१ जेष्ठ २९, मङ्गलवार ०८:२८ बजे

जलेश्वर सरार्फ

वीरगंज- भारत रक्सौल तथा नेपालको वीरगंज जोडिने सिमावर्ती क्षेत्र मितेरी पुलसँगै शंकराचार्य गेट नजिकै अन्दाजी वर्ष २२ को विकाश सिंह भन्ने पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छl

आइतवार साँझ साढे ५ बजे पर्साको वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित पुर्व साईडमा रहेको खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको अवस्थामा विकाश सिंहको शव फेला परेको हो ।

प्रहरीका अनुसार अन्दाजी २५/३० वर्षका पुरुष मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भई तत्कालै प्रहरी टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी मृतकको शव नारायणी अस्पताल वीरगंजको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको जनाएको छ।

निज विकाश सिंहको पिता संजय सिंहसँग यो विषयमा बुझ्दा लागुऔषधको कुलतमा लागेकोले केहिवर्ष सुधारगृहमा उपचाररत राखेको थिए। तर सुधार देखिएन उनको भनाई अनुसार मेरो छोरा लागुऔषधको ओवरडोजको कारण मृत्यु भएको हुनसक्छ भन्ने आशंका छ भनेका छन्।

 तर उनको जिउमा निलोडाम अनुहारमा चोटपटक लागेको अवस्था देखिएकोले उनको मृत्यु शंकास्पद देखिएको छ।