पाठशाला न्यूज
 २०८१ बैशाख १२, बुधबार    

सेब र दीक्षालयलाई युरो कप

२०७९ भाद्र १८, शनिबार १५:११ बजे

काठमाडौं–सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बने ।
हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित ग¥यो । सेबका रोशन घलेले १६ अंक जोडे ।
सिनियर गर्ल्समा दीक्षालयले काष्ठमण्डप विद्यालयलाई २३–१० ले हरायो । दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा मोस्ट भेलुएबल प्लेयर घोषित भए । स्टाफमा आयोजक युरोले उपाधि चुम्यो । युरोले फाइनलमा त्रिज्योतिलाई २१–१८ ले हरायो । युरोका सेसिल चक्रधर मोस्ट भेलुएबल प्लेयर चुनिए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक÷प्रिन्सिपल शैलाजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङलगायतले पुरस्कृत गरे ।
भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।