पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

‘महाजात्रा’ ले गर्यो २३ करोड ग्रसकलेक्सन

२०८० चैत्र ३०, शुक्रवार ११:१७ बजे

काठमाडौं : चलचित्र ‘महाजात्रा’ले २३ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । प्रदर्शनको चौथो सातामा प्रवेश गरेको सिनेमाले २३ करोड एक लाख ग्रस कलेक्सन गरेको हो ।
निर्माण पक्षले नेपालमा १९ करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, वर्षा राउत मुख्य भूमिकामा छन् । निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिनेमामा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ ।