पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

चन्द्रपुरमा भ्रष्ट मण्डलको अनेकौ सेटिङ

२०८० चैत्र २९, बिहीबार ०९:१० बजे

दिपु मिश्र
रौतहट : पछिल्लो समय चन्द्रपुर नगरपालिकाका विद्यालय निरीक्षक दिपेन्द्र मण्डलका कारण नगरकै शैक्षिक गतिविधिमा अत्यन्तै भ्रष्टाचार बढेको पाईन्छ ।
भ्रष्टचार गर्ने गराउने बिषयमा मास्टर माईण्ड रहेका मण्डल बषौं देखि चन्द्रपुर नगरपालिकामै कार्यरत छन् । उनले बिभिन्न शैक्षिक संस्थानहरुबाट बिभिन्न कोटा तथा सेवाहरु मिलाई दिएको बापत लाखौं रकम लिएर चन्द्रपुरमा पक्की घर समेत निमार्ण गरिसकेका छन् । लामो समयदेखी चन्द्रपुर नगरपालिकामा धाक जमाएर बसेका मण्डल नगर प्रमुख संजय कुमार काफ्लेका निकट नै मानिन्छन् । उदाहरणहरु धेरै भएपनि चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर स्थित मेनुका सिमसार प्रा.विसँग उनको सेटिङ रहेको जगजाहेरनै छ ।
बिद्यार्थीनै नरहेको बिद्यालयमा कागज मिलाएर दिवा खाजा खर्च तथा बिद्यालयमा पक्की भवन निमार्ण भन्दै लाखौं रकम कुम्ल्याएको मण्डल चन्द्रपुर ८ बेतौना स्थित दलित प्रा.बीमा अर्को सेटिङ गरेर आफ्नो श्रीमतीलाई शिक्षिकाको रुपमा जागिर दिलाएका छन् ।
मण्डलले चन्द्रपुर नगरपालिका भित्र रहेका बिद्यालयहरुमा दरबन्दी विपरीत शिक्षक हेरफेर गरी अकुत भ्रष्टाचार गरेर शिक्षण पेशालाई आफ्नो कठपुतली बनाएका छन् । स्रोतका अनुसार भ्रष्ट मण्डल निजी बिद्यालय दर्ताको लागी ५० हजार देखि ५ लाख सम्म घुस लिने गरेका छन् । उनी बिरुद्ध छिटै अख्तियारमा भ्राष्टचार र सम्पत्ती शुद्धिकरणको मुद्धा दायर गरिने समेत बताईएको छ । उनी भ्रष्टाचारको लागि सेटिङ मास्टर भएकै कारण चन्द्रपुर नगरपालिकाबाट सरुवा भएका छैनन् ।