पाठशाला न्यूज
 २०८२ वैशाख २९, सोमवार    

संविधान संशोधनको बिषयमा सबैको सहमतिमा हुने: ईश्वर पोखरेल

२०८१ कार्तिक १४, बुधवार १४:२९ बजे

विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधनको बिषयमा सबैको सहमतिमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।’ मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो ।