पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

२०८१ बैशाख ४, मंगलबार १६:२१ बजे

बर्दिया- सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किलो लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ ।